Location via proxy:   [ UP ]  
[Report a bug]   [Manage cookies]                
सामग्रीमा जानुहोस्

किसान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृषक
नेपालको पहाडी भेगको एक कृषक
पेशा
पेशाको किसिम
नोकरी
क्रियाकलाप क्षेत्र
खेती
विवरण
रोजगारीको
क्षेत्र
बजार

कृषक खेतमा काम गरेर आफ्नो जीविका चलाउने एक व्यक्ति हो। यिनीहरूलाई किसान, खेतीवाल, कृषिजीवीको नामले समेत चिन्ने गरिन्छ।[][] यिनीहरूले बाँकी सबै मानिसहरूका लागि खाद्य सामग्रीको उत्पादन गर्ने गर्छन्। यसमा बालिनाली उब्जाउने, बगैचामा रुख लगाउने, कुखुरा वा यसै स्वरुपका घरपालुवा पशुहरूको हेरचाह गरेर तीनलाई बढाउने काम सामेल छ। कुनै एक व्यक्ति कृषक वा खेतको मालिक हुन सक्छ वा त्यो कृषि भूमिको मालिकद्वारा काम गर्न राखिएको मजदुर हुन सक्छ।

राम्रो अर्थव्यवस्था भएको स्थानहरूमा कृषक स्वयं नै खेतको मालिक हुनछन् र त्यहाँ काम गर्ने उसको कर्मचारी वा मजदुर हुने गर्छन्। यद्यपि प्राचीन समयमा कृषकले विशेष गरि खेतमा अन्नबाली उब्जाउनेदेखि लिएर घरपालुवा जनावरहरू, माछा आदि पालन पोषण गरेर तीनलाई बढाउने काम गर्थे।

केही देशहरूमा सामान्यतया यस शब्दको उपयोग पशुपालन र तीनलाई बढाउनेसँग सम्बन्धित रहेको छ, जसमा भेडा, बाख्रा, घोडा आदि आउने गर्छ। अमेरिकामा यसको लागि 'रेन्चर्स' शब्दको उपयोग गर्ने गरिन्छ भने अस्ट्रेलियासंयुक्त अधिराज्यमा 'ग्रेजियर्स' शब्द प्रचलित छन्। दुग्ध उत्पादनमा संलग्न रहेका व्यक्तिहरूलाई समेत यी देशहरूमा कृषक भन्ने गरिन्छ। यस्का साथै कुखुरा, हाँस आदिलाई बढाउने र तीनको मासु, अन्डाप्वाँखको उत्पादन गर्ने व्यक्तिलाई किसान नै मान्ने गरिएको छl

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. रातोपाटी, "किसान को हुन् ?", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-११ 
  2. "किसान नचिन्‍ने कृषि नीति", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-११ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]