जीरा
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जीरा Cuminum cyminum | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | C. cyminum
|
वैज्ञानिक नाम | |
Cuminum cyminum L.[१] |
जीरा एक प्रकारको वास्नदार मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो ।
औषधोपचार
[सम्पादन गर्नुहोस्]- जीरा विभिन्न किसिमको भएता पनि यहाँ सबै तरकारी तथा साग सब्जीमा प्रयोग हुने जीराको औषधीय उपयोगको बारेमा उल्लेख गरिदैछ ।
- पिसाब रोग र पत्थरी भएमा
- जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान\बेलुका १\१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी रोग ठिक हुन्छ ।
- अमलपित्त भएमा
- जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १\१ चम्चा बिहान\बेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ ।
- शूल भएमा , धेरै दीसा लागेमा
- जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा
मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
- आँखा पोलेमा, बिजाएमा वा रातो भएमा
- जीरा पानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।
- ज्वरो आएमा
- जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३\४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।
- कुनैपनि साधारण दुखाईमा
- जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।
- अण्डकोष बढेमा
- यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।
- स्त्रीजातिको सेतोपानी आउने रोगमा
- जिरा र मिस्री बराबर मिसाएर धूलो पार्ने र चौलानि पानीसँग १\१ चम्चा बिहान\बेलुका खाने गरेमा ठीक हुन्छ ।
- साधारण चिलाउने रोगमा
- १ डाडु तोरीको तेलमा १ चम्चा जीरा र आधा चम्चा सिंदुर हालेर डडाउने र सो तेल लगाउने गरेमा यस्तो रोग ठीक हुन्छ ।
- अजीर्ण (खाएको नपच्ने) भएमा
- छोकडा, मरिच, सिदेनूनको, मुनक्का दाख र जीरा बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
- मुखमा पोतो वा दाग आएमा
- जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।
- अल्काई भएमा
- एक चिम्टी मरिचको धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा महमा फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।
- रुघाखोकीको ज्वरोमा
- एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जीरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Cuminum cyminum information from NPGS/GRIN", www.ars-grin.gov, अन्तिम पहुँच २००८-०३-१३।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा जीरा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।