पालानिअप्पन चिदाम्बरम
पालानिअप्पन चिदाम्बर (Tamil: பழனியப்பன் சிதம்பரம்; born 16 September 1945)[१] एक भारतीय राष्ट्रिय काँग्रेस पार्टिमा आबद्ध राजनीतिज्ञ हुन् र उनी भारतका पूर्व अर्थ मन्न्री समेत हुन् । चिदाम्बर व्यवसायिक वकिल हुन तथा उनी पछिल्लो काँग्रेस नेतृत्वको सरकारको महत्त्वपूर्ण सदस्य समेत हुन् । उनी मुम्बइमा आतंकबादी हमला पश्चात सन् २००८ नोभेम्बर देखि साढे तीन वर्षको लागि गृहमन्त्री भएको अवधि बाहेक सन् २००४ मे देखि भारतको अर्थ मन्न्री पदमा रहेका थिए । उनी सन् २०१२ जुलाईमा प्रनव मुखर्जि पश्चात पुनः अर्थ मन्न्रीमा पद बहालि भएका थिए ।[२][३]
सन् १९९६-९७ को बजेटमा उनले सरकारी खर्चमा अनुशासन तथा आर्थिक घाटालाई कम गर्नको लागि महत्त्वकांक्षी कर सुधार कार्यक्रम ल्याएका थिए ।
साथ साथै चिदाम्बरम तथा उनका छोरा कार्ति भ्रष्टाचार, अधिकारको दुरूपयोग तथा सम्पत्ति शुद्धिकरणको अभियोगमा समेत मुछिएका थिए । [४][५][६]
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन गर्नुहोस्]चिदाम्बरमको जन्म भारतको तमिलनाडुको शिवगंगा जिल्लाको कनाडुकथानमा भएको थियो । उनको आमा पट्टिको बाजे चट्टिनाडको धनी व्यापारी तथा बैङ्कर राजा सर अन्नामलाई चेट्टायर हुन् ।[७] उनले आफ्नो विद्यालय शिक्षा मद्रास क्रिष्चियन कलेज उच्च माध्यमिक विद्यायमा गरेका थिए । उनले एक वर्षिय पूर्व विश्वविद्यालय पाठ्यक्रम लोयोला कलेज चेन्नईबाट गरेका थिए । चेन्नईको प्रेसिडेन्सि कलेजबाट विज्ञानको तथ्यांकशास्त्रमा स्नातक पूरा गरी मद्रास ल कलेज (हाल डा. आमबेडकर सरकारी ल कलेज)बाट कानुनशास्त्रमा स्नातक पूरा गरेका थिए र व्यवस्थापनमा स्नातकोत्तर सन् १९६८ मा हार्भर्ड विजनेस स्कुलबाट पूरा गरेका थिए । उनले चेन्नईको लोयोला कलेजबाट समेत स्नातकोत्तर सम्पन्न गरेका थिए ।[८] यस समयमा उनको राजनीति तर्फको झुकाव बाँया तर्फ रह्यो र सन् १९६९ मा उनले एन. राम (पछि द हिन्दुका सम्पादक) र महिलाहरूको कार्यकर्ता मिथिला शिभरमसँग मिलि एक पत्रिका रयाडिकल रिभ्यु को शुरूवात गरेका थिए ।[९]
चिदाम्बरमका दुई भाइ र एक बहिनी छन् ।[१] उनको बुबाको व्यापार गतिविधीहरूमा भारतमा वस्त्र, व्यापार र वृक्षारोपण समेटिएको थियो । उनले भने आफ्नो कानुनको अभ्यासलाई ध्यान दिए र आफ्नो परिवारको व्यवसायबाट टाढा रहे ।
परिवार तथा पारिवारिक जीवन
[सम्पादन गर्नुहोस्]चिदाम्बरम सम्पन्न परिवारबाट आएका थिए । उनको आमा लक्ष्मि अचि चट्टिनाडको धनी व्यापारी तथा बैङ्कर राजा सर अन्नामलाई चेट्टायरका छोरी हुन् उनले तलिम नाडुका ९० गाँउहरूको जग्गाको स्वामित्व रहेको छ भने उनलाई राजाको शिर्षक बिट्रिसहरूले प्रदान गरेका थिए ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ P Chidambaram Biography – About family, political life, awards won, history.
- ↑ "Home minister Shivraj Patil quits, Chidambaram to take over", The Times of India, ३० नोभेम्बर २००८। वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-११ मिति
- ↑ "Chidambaram new finance minister, Shinde gets home", अन्तिम पहुँच ३१ जुलाई २०१२। वेब्याक मेसिन अभिलेखिकरण ३ अगस्ट २०१२ मिति
- ↑ "Subramanian Swamy exposes Chidambaram,son in corruption case", One India, २६ अप्रिल २०१२, अन्तिम पहुँच २७ अक्टोबर २०१६। वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २०१६ मिति
- ↑ "Pioneer - the unlikely crusader", The Live Mint, ४ मार्च २०१६, अन्तिम पहुँच २७ अक्टोबर २०१६।
- ↑ "Friend, father & philosopher of black money is Chidambaram", The Sunday Guardian, २७ अक्टोबर २०१६, अन्तिम पहुँच २७ अक्टोबर २०१६। वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २०१६ मिति
- ↑ Chidambaram, Wife Own Assets Worth Over Rs 20 Crore = Archive.today अभिलेखिकरण २०१३-०१-३० मिति. news.outlookindia.com (23 April 2009).
- ↑ Meg Berté (MBA '00) – December 2005 – Alumni Bulletin – Harvard Business School.
- ↑ Kohli, Namita (११ अक्टोबर २०१३), "With fire in her belly", अन्तिम पहुँच ११ मार्च २०१४।