Location via proxy:   [ UP ]  
[Report a bug]   [Manage cookies]                
सामग्रीमा जानुहोस्

पेन्टागन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पेन्टागन (शाब्दिक अर्थ:पञ्चभुजा) संयुक्त राज्य रक्षा विभागको मुख्यालय भवन हो। अमेरिकी सैन्य बलको प्रतीकको रूपमा, पेन्टागन भन्ने वाक्यांश अक्सर रक्षा विभाग र यसको नेतृत्वको लागि जनाउनमा पनि प्रयोग गरिन्छ।

पेन्टागन आर्लिङटन काउन्टी, भर्जिनियामा वासिङटन, डीसीबाट पोटोमेक नदीपारि अवस्थित छ। यस भवनलाई अमेरिकी वास्तुविद् जर्ज बर्गस्ट्रमले डिजाईन गरेका थिए र निर्माण व्यवसायी जोन म्याकशेनले निर्माण गरेका थिए।

करिब ६.५ मिलियन वर्ग फिट (१५० एकड; ६० हेक्टर) क्षेत्रफलको साथ पेन्टागन विश्वको सबैभन्दा ठूलो कार्यालय भवन हो, यसको कुल क्षेत्र मध्ये ३.७ मिलियन वर्ग फिट (८५ एकड; ३४ हेक्टर) कार्यालयको रूपमा प्रयोग गरिएको छ। [] [] लगभग २३००० सैन्य र निजामति कर्मचारीहरू, र अन्य ३,००० गैर-रक्षा सहायता कर्मचारीहरू पेन्टागनमा काम गर्छन्। यसका पाँच भुजा, भुँइ तला माथि पाँच तला, दुई भुमिगत तला, र प्रति फ्लोर पाँच रिङ करिडोर सहित जम्मा १७.५ माइल (२८.२ किमी) कोरिडोरहरू छ। आणविक युद्ध भएको खण्डमा पेन्टागनको केन्द्रको पाँच पाँच एकड (२.० हेक्टर) पेन्टागोनल प्लाजा प्रमुख लक्ष्य हुनेछ भन्ने अनुमानमा यसलाई " ग्राउन्ड शून्य " उपनाम दिइएको छ। []

११ सेप्टेम्बर २००१ मा, अमेरिकन एयरलाइन्सको 'फ्लाइट ७७' अपहरण गरी भवनको पश्चिमी भागमा ठोकिएको थियो। उक्त घटनामा १८९ व्यक्तिको मृत्यु भयो। मारिएकाहरूमध्ये ६४ जना अपहरण गरिएको हवाईजहाजमा थिए र १२५ जना पेन्टागनमा थिए। [] सन् १८१२ मा बेलायतसँग भएको युद्धमा बेलायती सेनाले वाशिङटनका सबै सरकारीभवन तथा सुविधाहरू जलाएका थिए। त्यस यता भएका मध्ये यो नै सबैभन्दा ठूलो विदेशी आक्रमण थियो।

पेन्टागन ऐतिहासिक स्थानहरुको राष्ट्रिय अभिलेखमा सूचीबद्ध छ र यो एक राष्ट्रिय ऐतिहासिक स्थल हो।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Hancock, Michaila (अगस्ट २७, २०१५), "Pentagon: the world's largest office building - in infographics", The Architects’ Journal (अङ्ग्रेजीमा), अन्तिम पहुँच फेब्रुअरी २७, २०२१ 
  2. "The Pentagon, Facts & Figures", मूलबाट १९ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०१४  वेब्याक मेसिन अभिलेखिकरण १९ अगस्ट २०१४ मिति
  3. "Pentagon Hot Dog Stand, Cold War Legend, to be Torn Down", United States Department of Defense, २० सेप्टेम्बर २००६, अन्तिम पहुँच ६ मे २०१०, "'It's rumored that a portion of their (Soviet) nuclear arsenal was directed at that building, the Pentagon hot dog stand,' tour guides tell visitors as they pass the stand. 'This is where the building earned the nickname Cafe Ground Zero, the deadliest hot dog stand in the world.'"  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति
  4. "Pentagon Memorial Dedication", DefenseLink.mil, अन्तिम पहुँच २७ मे २००९