Location via proxy:   [ UP ]  
[Report a bug]   [Manage cookies]                
सामग्रीमा जानुहोस्

वर्णशङ्कर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वर्णशङ्कर वा ठिमाहा जनावर वा वनस्पति भन्नाले भिन्न नश्ल, जाति, प्रजातिको संसर्गवाट उत्पादन भएको जीव भनेर परिभाषित गर्न सकिन्छ। वर्णशङ्करहरूमा साधारणतया उल्लेख्य मात्रामा आनुवंशिक विशिष्टता देखिने भएकोले उत्पादन प्रयोजनका जनावर वा वनस्पतिमा यिनीहरूको बाहुल्यता छ। वर्णशङ्करमा दुवै बाबुआमाका दुई अलग अनुवांशिक क्रोमोजोम आउने हुनाले सामान्य भन्दा फरक अवस्था देखिन्छ। दुई पशु प्रजाति वा वनस्पति प्रजाति बीच (जस्तै पाटे बाघ र साइबेरियन बाघ) देखि लिएर भिन्न जनावर जस्तै याक र पहाडी गाइ बीच, भेडा र बाख्राको बीच समेत वर्णशङ्कर हुनसक्छन। बालीनालीका पनि धेरै जातिहरू बीच वर्णशङ्कर हुन्छन्।


हर्कुलिस् , अङ्ग्रेजीमा liger भनिने सिंह र बाघको वर्णशङ्कर