घरेलु बालश्रम परिचय
विश्वमा २४ करोडभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेको तितो यथार्थभित्र बाँचिरहेका हाम्रा बालबालिकाहरूको भविष्य र त्यसले झल्काउने हाम्रो समाजको वर्तमान तथा भविष्य दुवै अत्यन्तै गम्भीर र चिन्ताजनक देखिन्छ । हाम्रो देशमा पनि बीस लाखभन्दा बढी बालबालिकाहरू श्रममा संलग्न रहेका छन् जसमध्ये १ लाख २७ हजार बालबालिकाहरू निकृष्ट प्रकारको बालश्रममा संलग्न रही आफ्नो जीवन यापन गरिरहेका छन् । यसरी निकृष्ट बाल श्रममा संलग्न हुन बाध्य भएका बालबालिकाहरूमा सर्वाधिक संख्या घरेलु बालश्रमिकहरूको रहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्कअनुसार नेपालका सहरी क्षेत्रमा मात्र ५५ हजारभन्दा बढी बालबालिकाहरू घरेलु श्रममा संलग्न रहेका छन् । घरेलु श्रममा संलग्न बालबालिकाहरू विभिन्नखाले हिंसा, शोषण तथा दुव्र्यवहारहरू खप्न बाध्य भइरहेका छन् र पनि यस्तो अवस्थामा थोरै मात्र संघसंस्था तथा सरकारी निकायहरूले यस क्षेत्रलाई आवश्यक मात्रामा ध्यान पुर्याउन सकिरहेको देखिँदैन भने भइरहेका प्रयासहरूमा पनि कमी कमजोरीहरू देखिन्छन् ।
यही करु ालार्इ मध्यनजर गर्दै सिविसले घरेलु बालश्रम र हस्तक्षेपका उपायहरू विषयभित्र विभिन्न कार्यि नर्दिेशकाहरू तयार गरकेा छ र त्यसै अन्तगर्त याे ”घरेलु बालश्रम परिचय” पुस्तक यहाँहरूमाझ प्रस्तुत गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ ।