बालबालिकाको उपयुक्त हेरचाह तथा बालमैत्री घर परिवार निर्माणका लागि अभिभावक शिक्षा स्रोत पुस्तक
अभिभावकत्व जीवनको सबैभन्दा चुनौतीपूर्ण यात्रा हो, असल सन्तानका लागि चाहना गर्ने र त्यस अनुसार योजना बनाउने अभिभावकको लागि यो चुनौती अनिवार्य पनि छ । त्यसैले अभिभावक बन्ने व्यवस्थापकीय ज्ञान र सिप बहुआयामिक हुनु स्वभाविकै हो । ती सबै सवालहरू विस्तृत रूपमा यस यस स्रोत पुस्तकभित्र समेट्न सम्भव नभएता पनि प्रमुख सवालहरूसँग सम्बन्धित विषयहरूले अभिभावक तथा अभिभावकसँग प्रत्यक्ष काम गर्ने सरोकारवालाहरूका लागि पनि केही हदसम्म सान्दर्भिक हुने छ भन्ने अपेक्षा गरिएको छ ।
वैवाहिक जीवनको सुरुवातको सोच आउँदा नै अभिभावकत्वको सुरुवात हुन्छ । जब व्यवहार मै अभिभावक बनिन्छ, त्यसको निरन्तरता जीवन पर्यन्त रहन्छ । जस्तैः विवाह कुन उमेरमा गर्ने ? बच्चा कहिले जन्माउने ? बच्चा जन्माउन नचाहेको अवधिका लागि कुन गर्भनिरोधका साधन अपनाउने ? कसरी बढाउने र पढाउने, आत्मा निर्भर बन्न र विवाह गर्न योग्य कसरी बनाउने आदि देखि असल अभिभावकको लागि परिवारमा अप्रत्यक्ष रूपले अनन्तसम्म अभिभावकत्व रहिरहन्छ ।
पुस्तकको प्रयोजन
जिम्मेवार अभिभावकका लागि उनीहरूका बालबालिकाका समग्र व्यक्त्त्वि विकास गर्न कस्ता कस्ता ज्ञान, सिप र धारणाको विकास गर्न आवश्यक पर्दछ भन्ने कुरालाई मध्यनजर राखेर यो स्रोत पुस्तिकामा सकेसम्म विविध सान्दर्भिक मुद्दाहरू समावेश गर्ने कोसिस गरिएको छ ।
गर्भधारण गर्ने निर्णयदेखि प्रसूति सेवा तथा बालविकासका लागि अभिभावकले पूरा गर्नु पर्ने दायित्वका सम्पूर्ण पक्षमा अभिभावकलाई दक्ष बनाउन यो स्रोत पुस्तकले प्रयास गरेको छ । यसमा भएका सामग्रीहरूको अध्ययनलाई सहज होस् भन्नका लागि त्यसका सैद्धान्तिक तथा प्राव
1 of 138
More Related Content
Parenting education for better care of children (Manual)