Location via proxy:   [ UP ]  
[Report a bug]   [Manage cookies]                
सामग्रीमा जानुहोस्

समाजवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समाजवाद एक राजनीतिक र आर्थिक प्रणाली हो जहाँ उत्पादन, वितरण र विनिमयका साधनहरूको स्वामित्व वा नियमन सामूहिक रूपमा गरिन्छ, सामान्यतया राज्य वा जनताद्वारा। समाजवादको लक्ष्य भनेको सामाजिक समानतालाई बढावा दिनु, वर्गभेदलाई कम गर्नु र सम्पत्ति र स्रोतहरूलाई जनसंख्यामा समान रूपमा वितरण गर्नु हो। यस प्रणालीले प्रायः अर्थव्यवस्थाको सहकारी व्यवस्थापन र निजी लाभभन्दा सार्वजनिक स्वामित्वलाई जोड दिन्छ, जसको उद्देश्य व्यापक समुदायको कल्याणलाई प्राथमिकता दिनु हो।

"समाजवाद" एउटा यस्तो आर्थिक ब्यवस्था हो जहाँ देशको संपुर्ण अर्थतन्त्रको स्वामित्व पुर्णतया सरकारमा निहित हुन्छ जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ। यस्तो आर्थिक राजनीतिक ब्यबस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ। स्वामित्व भन्नाले बस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन आदि पर्छन्। सामाजिक स्वामित्वका पनि विभिन्न प्रकारहरू हुन्छन् जस्तै:-साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्बजनिक स्वामित्व र राज्यद्वारा संचालित स्वतन्त्र संस्थान आदि जनाउँछ। तर समाजवादको निश्चित परिभाषा यिनै स्वामित्वका प्रकारहरूमा फरक फरक हुनसक्छ।

हाल विश्वमा समाजवादी ब्यबस्था भएका देशहरू

[सम्पादन गर्नुहोस्]

यी राष्ट्रहरूलाई कम्युनिस्ट राज्यहरू पनि भनिन्छ जहाँ कम्युनिस्ट पार्टीहरूको एकदलीय शासन छ। उनिहरूले मार्क्सवाद-लेनिनवाद मान्छन र आफैलाई समाजवादी घोषणा गरेका छन्। चिन पुंजीबादमा फर्केकोछ । अहिले ठ्यक्कै समाजबादी मुलुक भन्न गाह्रो छ ।

  1. चीन
  2. क्युवा
  3. लाओस
  4. भियतनाम
  5. उत्तर कोरिया


समाजवाद एउटा विचारधारा हो र यो व्यक्तिवादको विरुद्धमा उभिएको छ । व्यक्तिवाद राज्यको कार्य क्षेत्रलाई एकदम सीमित पार्न चाहन्छ भने समाजवाद व्यापक पार्न चाहन्छ ।